२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बलेफी हाइड्रोपावरले भोलिदेखि शतप्रतिशत हकप्रद शेयर खुला गर्ने

images

  • २०८१ मंसिर २६, बुधबार
  • 2.0K
    SHARES
  • बलेफी हाइड्रोपावरले भोलिदेखि शतप्रतिशत हकप्रद शेयर खुला गर्ने

    काठमाडौं : बलेफी हाइड्रोपावर लिमिटेडले भोलि (मंसिर २७) देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

    यस अनुसार प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर जारी गरिनेछ।

    हकप्रद शेयर खरिदका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ। त्यसैले कात्तिक २० गतेसम्म कायम रहेका शेयरधनीहरूले पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन्।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ छ। हकप्रद बाँडफाँडपछि यो रकम ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

    कम्पनीले आयोजना निर्माण गर्दा लिएको १ अर्ब ४० करोड बैंक ऋण, प्रवर्द्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार रुपैयाँ र ठेकेदार तथा बिक्रेताहरूको १२ करोड १५ लाख २३ हजार रुपैयाँ भुक्तानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

    हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईएमबीएस क्यापिटल लिमिटेड रहेको छ। आवेदन एनआईएमबीएस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरूबाट दिन सकिनेछ।

    साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। अनलाइनमार्फत आवेदन दिन चाहनेहरूले मेरो शेयर प्लेटफर्म प्रयोग गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ