२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा थपियो ३३ लाखभन्दा बढी कित्ता बोनस शेयर

images

  • २०८१ मंसिर २६, बुधबार
  • 1.8K
    SHARES
  • नेप्सेमा थपियो ३३ लाखभन्दा बढी कित्ता बोनस शेयर

    काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीका ३३ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएका छन्।

    नेप्सेमा स्वावलम्बन लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गुराँस लघुवित्तका गरी कुल ३३ लाख ३१ हजार ५ सय २३ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

    सूचीकृत बोनस शेयरमध्ये स्वावलम्बन लघुवित्तको २० लाख ६६ हजार २ सय ५० कित्ता, अरुण भ्याली हाइड्रोपावरको ११ लाख २० हजार ७ सय ७८ कित्ता र गुराँस लघुवित्तको १ लाख ४४ हजार ४ सय ९५ कित्ता छन्।

    यी कम्पनीहरूले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरूलाई वितरण गरेका बोनस शेयर आज नेप्सेमा सूचीकृत गरिएका हुन्।
    अघिल्लो आर्थिक वर्षमा स्वावलम्बन लघुवित्तले १४.२५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ३ प्रतिशत र गुराँस लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ