२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भूकम्पमा ज्यान गुमाउनेको अन्त्येष्टि र पीडितलाई राहत वितरण

images

  • २०८० कात्तिक १९, आइतबार
  • 751
    SHARES
  • भूकम्पमा ज्यान गुमाउनेको अन्त्येष्टि र पीडितलाई राहत वितरण

    कात्तिक १९, काठमाडौं :शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा निधन हुनेको सङ्ख्या १५७ पुगेको छ। सो घटनामा जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो। 

    भूकम्पमा परी जाजरकोटमा ११२, रुकुममा १३२, जुम्लामा ५, दैलेख र बैतडीमा २÷२ तथा सल्यान र रोल्पामा १÷१ गरी २५७ जना घाइते भएका छन्। सामान्य घाइते उपचारपछि घर फर्किएका छन् भने केहीको आधारभूत र जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

    गम्भीर घाइतेको सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा उपचार भइरहेको छ। प्रभावित क्षेत्रमा आज शव बुझ्ने, दाहसंस्कार गर्ने तथा पीडितलाई अत्यावश्यक राहत सामग्रीलगायत पाल, कम्बल वितरणको कार्य भइरहेको तत् स्थानीय तहका पदाधिकारीले जानकारी दिनुभएको छ। 

    जाजरकोटको छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले भूकम्पमा परी ज्यान गुमाएकाको शव परीक्षण गरी भेरी नदी किनारमा दाहसंस्कार गर्ने काम भएको जानकारी दिनुभयो । पाल, कम्बललगायत राहत सामग्री प्राप्त हुनेक्रम जारी रहेको उहाँले बताउनुभयो। 

    “प्राप्त राहत सामग्री पीडितसमक्ष पुर्‍याउने काम भइरहेको छ। रेडक्रस लगायतका सङ्घसंस्थाबाट थुप्रै राहत सामग्री प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “केही वितरण गरियो, केही पुग्दैछन्।” भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एकद्वार प्रणालीबाट राहत वितरण भएको जानकारी दिनुभयो। वडा कार्यालयबाट क्षतिको तथ्याङ्कअनुसार राहत वितरण गरिएको उहाँको भनाइ छ। “ओढ्ने, ओछ्याउने र खाद्यान्नलगायत राहत सामग्री वितरण गरियो, राहत बुझ्ने र मृतकको दाहसंस्कार गर्ने काम भइरहेको छ।”

    बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले उद्धारका काम निरन्तर भइरहेको जानकारी दिनुभयो। “प्रभावितको स्वास्थ्य अवस्थालाई ध्यान राखी चिकित्सकको टोली परिचालित गरिएको छ, थप वस्तुस्थिति बुझी विपद् व्यवस्थापन समितिको बैठक बसेर बजेटसहितको निर्णय गर्ने तयारीमा छौँ।”

    भूकम्पबाट घर क्षति भएका नागरिकलाई तत्काल बसोबासका लागि सार्वजनिकस्थल, विद्यालयलगायतका स्थानमा व्यवस्था गरिएको उहाँको भनाइ छ। “ग्रामीण वस्ती र सामाजिक सम्बन्ध राम्रो भएका कारण धेरैले पीडितलाई आश्रय प्रदान गरेको अवस्था छ”, उहाँले भन्नुभयो। 

    कुशेँ गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले प्रारम्भिक राहतका सामग्री दाल, चालम, चाउचाउ, च्यूरा, कम्बल, त्रिपाल वितरण गरिएको जानकारी दिनुभयो। मृतकको शव प्रक्रिया पु¥याएर अन्त्येष्टि गरिएको उहाँको भनाइ छ। “सामान्य घाइतेको चिकित्सकले उपचार गरिरहनुभएको छ”, उहाँले भन्नुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ