२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राधी विद्युतद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८१ मंसिर २७, बिहीबार
  • 1.6K
    SHARES
  • राधी विद्युतद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं : राधी विद्युत कम्पनी लिमिटडले नगद लाभांश र बोनस दिने भएको छ। कम्पनी सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

    कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

    कम्पनीले उक्त लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बिहान ११ बजे ललितपुरमा बोलाएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन सभाले पारित गर्नेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ