२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अण्डाको नयाँ मूल्य निर्धारण: ठुलो अण्डाको प्रतिक्रेट ४ सय ८५ रुपैयाँ

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 2.1K
    SHARES
  • अण्डाको नयाँ मूल्य निर्धारण: ठुलो अण्डाको प्रतिक्रेट ४ सय ८५ रुपैयाँ

    काठमाडौं : नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ। संघको मंसिर २७ गते बसेको बैठकले यो मूल्य निर्धारण गरेको हो।

    संघका सचिव मदन पोखरेलका अनुसार मध्यम किसिमको अण्डाको प्रतिक्रेट मूल्य ४ सय ७० रुपैयाँ तोकिएको छ भने ठुलो अण्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ।

    चितवनलाई आधार मानी मंसिर २८ गतेदेखि यो मूल्य लागू गरिने छ। संघले यो मूल्यमा कारोबार गर्न सम्पूर्ण व्यवसायीलाई अनुरोध गरेको छ।

    संघका अनुसार चितवनबाट लोड भई देशभरका अण्डा बिक्री डिपोमा पुर्‍याउँदा प्रति पेटी १ सय ४० रुपैयाँसम्म भाडा, कार्टुन र क्रेट खर्च लाग्ने अनुमान गरिएको छ।

    यो मूल्यलाई व्यवहारिक रूपमा लागू गर्न व्यवसायी र उपभोक्ताबीच सहकार्य आवश्यक हुने संघले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ