२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट सुरु

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 1.6K
    SHARES
  • नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट सुरु

    काठमाडौं : नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय हेल्थ समिट आज काठमाडौंको कार्की व्यांकेटमा सुरु भएको छ। समिट मङ्सिर २९ गते शनिबारसम्म सञ्चालन हुनेछ। संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार यस वर्षको समिट 'हेल्थ बियोन्ड हेल्थ' भन्ने मुख्य सन्देशसहित आयोजना गरिएको हो।

    डा. तिवारीले भने “नेपाल चिकित्सक संघले हरेक वर्ष वार्षिक क्यालेन्डर इभेन्टका रूपमा आयोजना गर्दै आएको यस समिटलाई निरन्तरता दिँदै यसपटक चौथो सम्मेलन मङ्सिर २८ र २९ गते आयोजना गरिएको छ। यो वर्षको मुख्य सन्देश 'हेल्थ बियोन्ड हेल्थ' रहेको छ।”

    उनका अनुसार सम्मेलनले स्वास्थ्य सेवा मात्र नभई स्वास्थ्यसँग सम्बन्धित अन्य सामाजिक र आर्थिक पक्षलाई समेट्ने उद्देश्य राखेको छ। समिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरूका साथै सरकारी तथा गैरसरकारी निकायहरूलाई समेटेर दिगो विकास लक्ष्यतर्फ केन्द्रित एकीकृत रणनीति तय गर्ने योजना छ।

    कार्यक्रममा विषयविज्ञ, प्रबुद्ध वर्ग, नेतृत्वकर्ता र सरोकारवालाहरूको प्रत्यक्ष सहभागितासहित नीतिगत विचार विमर्श गरिनेछ। साथै, सम्मेलनको समापनपछि वैज्ञानिक कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव तयार पारिने छ। यी सुझावहरू नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य सरोकारवाला निकायहरूलाई पठाइनेछ।

    समिटले स्वास्थ्य क्षेत्रमा नीति निर्माण, कार्यान्वयन र समन्वयलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ