काठमाडौं : विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस १९ गते आफ्नो दशौं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले होटल मेलम्ची क्याफे, सिन्धुपाल्चोकमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु पारित गरिनुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरिनेछ। यसपटक पनि कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
सभाले निम्न महत्वपूर्ण प्रस्तावहरु पारित गर्नेछः
- गाभ्ने/गाभिने प्रक्रिया अघि बढाउने
- एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरुसँग गाभ्ने, गाभिने, प्राप्ति वा समाहित हुने सम्बन्धी प्रस्ताव,
- उपयुक्त संस्थाको पहिचान, समझदारीपत्रमा हस्ताक्षर, नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृतिका लागि निवेदन दिने,
- सम्पत्ति र दायित्व मूल्यांकनका लागि परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
- गाभ्ने/गाभिने प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस ४ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र सभामा भाग लिन र मतदान गर्न सक्नेछन्।



