२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डा. ओम फाउन्डेसनद्वारा विपन्न परिवारलाई ब्लाङ्केट वितरण

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 1.1K
    SHARES
  • डा. ओम फाउन्डेसनद्वारा विपन्न परिवारलाई ब्लाङ्केट वितरण

    काठमाडौं : महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा बसोबास गर्ने विपन्न तथा सीमान्तकृत समुदायका तीन सय पचास घरपरिवारलाई डा. ओम फाउन्डेसनले जाडोबाट जोगिन कम्बल (ब्लाङ्केट) वितरण गरेको छ।

    चिसो बढ्दै गएकाले पहिलो चरणमा मुसहर, चमार, दुसादलगायत अन्य आर्थिक रूपमा कमजोर परिवारलाई सहयोगस्वरूप कम्बल वितरण गरिएको हो। फाउन्डेसनका संस्थापक डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक जीवन्त सम्बन्ध को बिक्रीबाट सङ्कलित रकम कम्बल खरिदका लागि उपयोग गरिएको हो।

    डा. ओममूर्तिले भने “मैले बुबासँगको सम्बन्धलाई आधार मानेर जीवन्त सम्बन्ध पुस्तक लेखेको थिएँ। यस पुस्तकको बिक्रीबाट प्राप्त रकम सामाजिक कार्यमा लगानी गर्दै यसपटक जाडोमा कठ्याङ्ग्रिएका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले कम्बल वितरण गरिएको हो।” उनका अनुसार पुस्तक खरिद गर्ने पाठकहरूको योगदानले नै यो सामाजिक कार्य सम्भव भएको हो।

    फाउन्डेसनले पुस्तक बिक्रीबाट प्राप्त रकम स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका लागि खर्च गर्ने योजना अघि सारेको छ। यसअन्तर्गत गत कात्तिकमा धमौरामा पाँच दिनसम्म सञ्चालन गरिएको निःशुल्क मुटु स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो।

    निकट भविष्यमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नेसहितका कार्यक्रम पनि सञ्चालन गरिने फाउन्डेसनले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ