भक्तपुरको एक फर्निचर कारखानामा आगलागी भएको छ ।
सूर्यविनायक नगरपालिका ५ चुनदेवीस्थित एक सोफा फ्याक्ट्रीमा आइतबार साँझदेखि आगलागी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
अहिले बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भए पनि तीव्र हावाहुरीका कारण समस्या भएको छ । आगोले झन् विशाल रूप लिइरहेको प्रहरीले जनाएको छ ।आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
उक्त आगलागी नियन्त्रणमा ल्याउन काठमाडौँ उपत्यकाका ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिए ।



