२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आजको मौसम अपडेट

images

  • २०८१ मंसिर २९, शनिबार
  • 1.5K
    SHARES
  • आजको मौसम अपडेट

    काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ। यद्यपि देशभर मौसम सामान्यतया सफा देखिएको छ। तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

    आज दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभर मौसम सफा रहने अपेक्षा गरिएको छ।

    बिहानको समयमा तराई र उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा केही क्षेत्रमा कुहिरो लाग्ने सम्भावना छ। यसले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पुर्‍याउन सक्छ। त्यसैले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ