२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धादिङको गल्छीमा बस दुर्घटना, ८ यात्रु घाइते

images

  • २०८१ मंसिर २९, शनिबार
  • 1.5K
    SHARES
  • धादिङको गल्छीमा बस दुर्घटना, ८ यात्रु घाइते

    काठमाडौँ : धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ सुत्केरी ढुंगामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। रुपन्देहीको बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६६७६ नम्बरको बस आज साँझ करिब पौने ६ बजेतिर दुर्घटनामा परेको हो।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुलाई बैरेनीमा प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल पठाइएको छ। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन।

    दुर्घटनास्थलमा प्रहरी र स्थानीयवासीको सहकार्यमा उद्दार कार्य सम्पन्न गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ