२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज देशभर मौसम सफा: काठमाडौंको तापक्रममा सुधार

images

  • २०८१ मंसिर ३०, आइतबार
  • 1.3K
    SHARES
  • आज देशभर मौसम सफा: काठमाडौंको तापक्रममा सुधार

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर आंशिक बदली देखिएको छ भने तराईका केही स्थानमा हुस्सु लागेको अवस्था छ।

    विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। तराई र उपत्यकाका धेरै स्थानमा सोमबार बिहान हुस्सु लाग्न सक्ने सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने चेतावनी दिइएको छ। यस कारण सम्बन्धित सबैले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

    यसैबीच काठमाडौं उपत्यकामा शनिबारको तुलनामा आज बिहानको चिसो केही कम भएको छ। शनिबार काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा आज बिहान ४.५ डिग्री सेल्सियस पुगेको छ।

    आज उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौंमा आज सूर्योदय बिहान ६:४७ बजे र सूर्यास्त साँझ ५:११ मा हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ