२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भक्तपुरमा मोटरसाइकल ठक्करबाट पैदलयात्रीको निधन

images

  • २०८१ मंसिर ३०, आइतबार
  • 1.3K
    SHARES
  • भक्तपुरमा मोटरसाइकल ठक्करबाट पैदलयात्रीको निधन

    काठमाडौँ : मोटरसाइकल ठक्करका कारण भक्तपुरमा एक पैदलयात्रीको ज्यान गएको छ। अरनिको राजमार्गअन्तर्गत नलिञ्चोक जोरपाटी क्षेत्रमा आज बिहान भएको दुर्घटनामा ७० वर्षीय निमबहादुर मगरको निधन भएको हो।

    जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। मृतक मगर रामेछाप दोरम्वा गाउँपालिका–४ निवासी हुन्, तर हाल नलिञ्चोकमा बस्दै आएका थिए।

    दुर्घटनापछि मोटरसाइकल चालक ४४ वर्षीय जीतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई सवारीसाधनसहित प्रहरी वृत्त जगातीमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ