२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बागमती नदी किनारमा आत्मदाह गरेकी महिलाको मृत्यु

images

  • २०८१ मंसिर ३०, आइतबार
  • 4.6K
    SHARES
  • बागमती नदी किनारमा आत्मदाह गरेकी महिलाको मृत्यु

    काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित बागमती नदी किनारमा आत्मदाह गरेकी ३८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ। चितवन, रत्ननगर नगरपालिका–१२ की कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

    प्रहरीका अनुसार आचार्यले शनिबार बा.३५ प ५८१८ नम्बरको स्कुटरमा किराँतचोक पुगेपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। उनी परिवारसँग बौद्धस्थित नारायणटारमा बसोबास गर्थिन्।

    प्रारम्भिक अनुसन्धान अनुसार घटनाको कारण व्यक्तिगत तनावसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ