२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पावर ट्रान्समिसन कम्पनीको साधारणसभा पुस २२ गते आयोजना हुने

images

  • २०८१ मंसिर ३०, आइतबार
  • 1.9K
    SHARES
  • पावर ट्रान्समिसन कम्पनीको साधारणसभा पुस २२ गते आयोजना हुने

    काठमाडौं : पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले आगामी पुस २२ गते आफ्नो १६औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले नेपाल विद्युत प्राधिकरणको सभाहल, दरवारमार्ग, काठमाडौंमा अपराह्न ४ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो।

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ। साथै चालू आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारणसम्बन्धी विषयमा निर्णय गरिनेछ।

    यसका अतिरिक्त साधारण सभाले कम्पनीका शेयरधनीहरूका लागि १८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ