काठमाडौं : ईङवा हाइड्रोपावर लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बिहान ११ बजे बोलाएको छ। कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा गौशालास्थित होटल क्रिष्टल पशुपतिमा गर्ने निर्णय गरेको हो।
सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगरिने कम्पनीले जनाएको छ। सभामा गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने जस्ता एजेन्डाहरू छलफल र स्वीकृतिका लागि प्रस्तुत गरिनेछन्।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरूले सभामा सहभागी हुन पाउनेछन्।



