२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सानिमा रिलायन्स लाइफद्वारा बीमालेख नविकरणमा शतप्रतिशत शुल्क छुट

images

  • २०८१ पुस १, सोमबार
  • 1.6K
    SHARES
  • सानिमा रिलायन्स लाइफद्वारा बीमालेख नविकरणमा शतप्रतिशत शुल्क छुट

    काठमाडौँ : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नविकरण नभएका बीमालेखहरूलाई लक्षित गर्दै शतप्रतिशत विलम्ब शुल्क छुट प्रदान गर्ने पुनर्जागरण अभियान सुरु गरेको छ।

    कम्पनीका अनुसार यो अभियान पुष १ गतेदेखि २४ गतेसम्म लागू हुनेछ। अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने छ।

    बीमालेख नविकरण नगरेको अवस्थामा बीमितले आफ्नो रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि तिर्नुपर्ने हुँदा, कम्पनीले यो सुनौलो अवसरको फाइदा लिन आग्रह गरेको छ।

    सानिमा रिलायन्सले हरेक नेपालीलाई बिमाको दायरामा ल्याई बीमित र आश्रित परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्न जीवन बिमा आवश्यक रहेको बताएको छ।

    कम्पनीले बीमालेख नविकरण गरी आर्थिक सुरक्षाको यो महत्त्वपूर्ण अवसर नछुटाउन सम्पूर्ण ग्राहकलाई अनुरोध गरेको छ।

    sanima-Reliance-Life-3.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ