काठमाडौँ : मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश वितरणको घोषणा गरेको छ।
सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यस निर्णयलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ।



