२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल एसबीआई बैंक र रेडिसन होटलबीच सहकार्य: १५ प्रतिशतसम्म छुट

images

  • २०८१ पुस २, मंगलबार
  • 1.4K
    SHARES
  • नेपाल एसबीआई बैंक र रेडिसन होटलबीच सहकार्य: १५ प्रतिशतसम्म छुट

    काठमाडौं : नेपाल एसबीआई बैंक र रेडिसन होटल काठमाडौंबीच बैंकका सम्पूर्ण डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गर्दै खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।

    सम्झौतापत्र बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र रेडिसन होटल काठमाडौंका निर्देशक केदार पाण्डेले आदानप्रदान गरेका थिए।

    उक्त कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्यालसहित बैंक तथा होटलका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो।

    नेपाल एसबीआई बैंकले हाल १ सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २१ एटीएम तथा १ कर्पोरेट कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ