काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरि ७.९९ प्रतिशत प्रति बर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ बर्ष सम्म स्थिर रहने छ। ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरि ब्याजदर कायम गरिनेछ। यस आकर्षक योजनामा सहभागी हुनको लागी ग्राहकहरुले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनैपनि शाखा कार्यालयबाट सुविधा उपभोग गर्न सक्नेछन।
अधिक्तम २ करोड सम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहक महानुभावहरुलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड जारी गरिने सुबिधा रहेको छ साथै पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको छ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द ईयर २०२४ू” को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।



