२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

देशभरको आजको मौसम अपडेट

images

  • २०८१ पुस ३, बुधबार
  • 1.4K
    SHARES
  • देशभरको आजको मौसम अपडेट

    काठमाडौँ : हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ।

    दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ भने तराई क्षेत्रको मौसम मुख्यतः सफा रहनेछ।

    राति हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। तराई क्षेत्रको मौसम पनि सफा रहने अपेक्षा गरिएको छ।

    बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र थोरै स्थानहरूमा कुहिरो लाग्न सक्ने सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने सम्भावना छ। त्यसैले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ