२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु महालक्ष्मी लाइफद्वारा ३ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

images

  • २०८१ पुस ३, बुधबार
  • 1.6K
    SHARES
  • प्रभु महालक्ष्मी लाइफद्वारा ३ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहका ३ लाख २१ हजार ६ सय ५० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीका अनुसार, यी शेयर हाललाई केवल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्।

    बिक्रीमा राखिएका शेयरमध्ये २ लाख २१ हजार ६ सय ५० कित्ता माउण्टेन इन्फ्रा कम्पनी लिमिटेडको स्वामित्वमा रहेका छन् भने १ लाख कित्ता आत्माराम घिमिरेको स्वामित्वमा रहेका छन्।

    शेयर किन्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

    यदि तोकिएको समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा कम्पनीले सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ