२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तामाकोशीबाट विद्युत उत्पादन भएपछि उद्योग क्षेत्रमा सुधार हुने

images

  • २०८१ पुस ३, बुधबार
  • 1.7K
    SHARES
  • तामाकोशीबाट विद्युत उत्पादन भएपछि उद्योग क्षेत्रमा सुधार हुने

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा भइरहेको विद्युत कटौती प्राविधिक कारणले भएको स्पष्ट पारेका छन्।

    न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले केही प्रशारण लाइन मर्मतका कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगमा विद्युत आपूर्ति रोक्नुपरेको बताए।

    घिसिङका अनुसार ट्रान्समिसन लाइनहरूको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पीक समयमा विद्युत आयात गर्न कठिनाइ भएकोले यो अवस्था सिर्जना भएको हो। साँझ ५ बजेदेखि राति ९ बजेसम्म धेरै विद्युत खपत हुने भएकाले भारतबाट विद्युत आयातमा समस्या भइरहेको उनले बताए।

    अप्पर तामाकोशी र अन्य प्राविधिक समस्या

    उनले ४ सय ५६ मेगावाट क्षमताको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा विद्युत उत्पादनमा समस्या भएको उल्लेख गरे। यो आयोजनाले पूर्णरूपमा सञ्चालनमा आउन अझै ५ देखि ६ महिना लाग्ने अनुमान गरिएको छ।

    हाल नेपालमा १ हजार ६ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ, तर माग १ हजार ९ सय मेगावाट रहेको कारण उद्योग क्षेत्रमा विद्युत कटौतीको बाध्यता भएको घिसिङले बताए। अन्य ट्रान्समिसन लाइनहरूमा समस्या भए पनि मुख्य समस्या अप्पर तामाकोशी आयोजनाबाट विद्युत उत्पादन नहुनु नै रहेको उनले थपे।

    समस्या समाधानका प्रयास

    तामाकोशी आयोजनाबाट विद्युत उत्पादन सुरु भएलगत्तै उद्योग क्षेत्रलाई सहज हुने विश्वास व्यक्त गर्दै उनले लोडसेडिङ हटाउन प्राधिकरण निरन्तर प्रयासरत रहेको जानकारी दिए।

    घिसिङले पिक समयमा उद्योगहरूमा विद्युत कटौती नगरी नागरिकलाई सुख्खायाममा विद्युत आपूर्ति गर्न गाह्रो हुने बताए। तर, उनले यो हिउँदमा नागरिकस्तरमा लोडसेडिङ नहुने सुनिश्चितता व्यक्त गरे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ