काठमाडौं : न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको पुष २ गते बसेको बैठकले साधारण सभा पुष २५ गते काठमाडौँको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा गर्ने निर्णय गरेको छ।
साधारण सभामा सहभागी हुन कम्पनीले पुष १७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ। त्यसैले पुष १६ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांशलगायतका अन्य लाभ प्राप्त गर्न सक्नेछन्।
साधारण सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुमोदन, लेखापरीक्षकको नियुक्ति र अन्य महत्वपूर्ण निर्णयहरू पारित गरिनेछ।



