२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईएमई पेबाट आईएलट्स टेस्टको शुल्क तिर्दा २ हजार छुट

images

  • २०८१ पुस ३, बुधबार
  • 1.4K
    SHARES
  • आईएमई पेबाट आईएलट्स टेस्टको शुल्क तिर्दा २ हजार छुट

    काठमाडौं : डिजिटल वालेट आईएमई पेले आईएलट्स (IELTS) टेस्टको शुल्क भुक्तानीमा आकर्षक छुट अफर ल्याएको छ। अब, पुस ५ गतेसम्म, प्रयोगकर्ताहरूले टेस्ट शुल्क भुक्तानी गर्दा फ्ल्याट रु. २००० क्यासब्याक पाउन सक्नेछन्।

    यसअघि लागू रहेको रु. १००० छुट सुविधा पनि निरन्तर उपलब्ध हुनेछ। यो अफर आईएलट्सको विभिन्न टेस्टहरूमा लागू हुनेछ, जस्तै:

    • एकेडेमिक टेस्ट
    • जेनेरल ट्रेनिङ टेस्ट
    • आईएलट्स यूकेभीआईका एकेडेमिक र जेनेरल ट्रेनिङ टेस्ट
    • लाइफ स्किल्स ए१/ए२ र बी१

    टेस्ट मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरूले आईएमई पे एप खोल्नुपर्नेछ। एपको "ह्वाट्स निउ" खण्डमा रहेको "आईएलट्स टेस्ट बुकिङ" विकल्पमा गएर आवश्यक विवरण भरेपछि यो सुविधा उपभोग गर्न सकिनेछ।

    यस अफरको लाभ उठाई आफ्नो आईएलट्स तयारीलाई थप सहज बनाउनुहोस्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ