काठमाडौं : सिटी होटल लिमिटेडले हकप्रद शेयर जारी गर्न विशेष प्रस्तावसहित साधारण सभा बोलाएको छ। सभा पुस २६ गते कालिमाटी ब्यांक्वेटमा बिहान ११ बजे हुनेछ।
सभामा हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८० को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेन्डा छ। साथै, प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि राखिनेछ।
साधारण सभा प्रयोजनका लागि पुस १६ गते एक दिन बुकक्लोज गरिने जानकारी होटलले दिएको छ।
अन्य एजेन्डामा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन, स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन तथा अन्य आवश्यक व्यवस्थापन सम्बन्धी प्रस्तावहरू पनि रहेका छन्।
यो साधारण सभाले होटलको आगामी योजनाहरू र पुँजी विस्तारको मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।



