२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव आफन्तलाई बुझाइयो, ११० जना उपचाररत

images

  • २०८० कात्तिक १९, आइतबार
  • 761
    SHARES
  • भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव आफन्तलाई बुझाइयो, ११० जना उपचाररत

    कात्तिक १९, काठमाडौं : गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका १५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका भट्टराईले बताउनुभयो।

    प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ। जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन्। भैँचालोमा घाइते २५६ मध्ये १४६ जना उपचारपछि घर फर्किएका छन् भने ११० जना उपचाररत छन्। 

    नौ सय १० घर पूर्ण क्षति

    यसैबीच, प्रहरी प्रधानकार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म ९ सय १० वटा घरमा पूर्ण क्षति भएको छ भने २ हजार ८ सय ६१ घरमा आंशिक क्षति भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ