२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कृषि विकास बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

images

  • २०८१ पुस ४, बिहीबार
  • 1.8K
    SHARES
  • कृषि विकास बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

    काठमाडौँ : कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ।

    घोषित लाभांशमा ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ। यो निर्णय बैंकको पुस ४ गते बिहान सम्पन्न सञ्चालक समितिको बैठकले गरेको हो।

    बैंकले नेपाल सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा पनि वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

    घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात मात्र वितरण गरिनेछ।

    शेयरधनीले बोनस शेयर र नगद लाभांशबाट लाभ उठाउन साधारणसभाको निर्णयको प्रतीक्षा गर्नुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ