२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शैलेश्वरी पावरले आइपीओ जारी गर्ने तयारी, वार्षिक साधारण सभा पुस २५ मा

images

  • २०८१ पुस ४, बिहीबार
  • 1.2K
    SHARES
  • शैलेश्वरी पावरले आइपीओ जारी गर्ने तयारी, वार्षिक साधारण सभा पुस २५ मा

    काठमाडौं : शैलेश्वरी पावर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने तयारी थालेको छ। यस सम्बन्धी प्रस्ताव अनुमोदनका लागि कम्पनीले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ।

    सभा काठमाडौंको शंखमुलस्थित होटल ए वान प्यालेसमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरणलगायत विषयमा छलफल गर्नेछ।

    त्यसैगरी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ।

    यससँगै, कम्पनीले आइपीओको माध्यमबाट सर्वसाधारणलाई आफ्नो स्वामित्वमा सहभागी गराउँदै वित्तीय स्रोत जुटाउने योजना अघि सारेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ