काठमाडौं : महुली घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्न लागेको छ। आवेदन पुस ५ गतेदेखि खुला हुनेछ। यस एफपीओअन्तर्गत कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९ सय १५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको छ।
एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन पुस ९ गतेसम्म दिन सकिनेछ, तर आवश्यक आवेदन नपरेमा म्याद पुस १९ गतेसम्म लम्बिन सक्नेछ।
लगानीकर्ताहरूले आवेदन सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू साथै मेरो सेयर प्लेटफर्ममार्फत दिन सक्नेछन्।
यो एफपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यसलाई ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ, जसले मध्यम वित्तीय जोखिम भएको जनाउँछ। यो रेटिङ २०८२ मंसिर ९ गतेसम्म मान्य हुनेछ।
हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५ सय ८५ रुपैयाँ छ। एफपीओ निष्काशनपछि चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५ सय रुपैयाँ पुग्नेछ।



