काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको भारतको भोपालमा ८० वर्षको उमेरमा निधन भएको छ।
श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित उनी उपचारका क्रममा आज बिहान निधन भएको हो। जयशम्शेर राणा राससका अङ्ग्रेजी समाचार सम्पादन शाखाका पूर्वप्रमुखसमेत थिए।
उनका भाइ प्रभातशम्शेर राणाका अनुसार स्वर्गीय राणाको आजै भोपालमा अन्त्येष्टि गरिनेछ। राससबाट सेवानिवृत्त भएपछि उनी भोपालमा स्थायी रूपमा बस्दै आएका थिए। उनी आफ्नो परिवारसहित बसोबास गर्दै आएका थिए, र उनका दुई छोरा छन्।



