२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाली सेनाद्वारा प्रेसर कुकर बम निष्क्रिय

images

  • २०८१ पुस ५, शुक्रबार
  • 1.6K
    SHARES
  • नेपाली सेनाद्वारा प्रेसर कुकर बम निष्क्रिय

    काठमाडौँ : भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज परिसरमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय गरेको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार बिहान करिब १०:३० बजे मेडिकल कलेजको मालीले रुख काट्ने क्रममा बम फेला परेको हो। पुरानो र खिया लागेको अवस्थामा भेटिएको बमलाई नेपाली सेनाले कालीभक्ति गणको टोलीद्वारा दिउँसो १ बजे निष्क्रिय पारेको जानकारी गराइएको छ।

    ‘बमको ह्यान्डल डोरीले बाँधिएको र त्यसमा घडी, ब्याट्री तथा अन्य उपकरण जोडिएको अवस्थामा भेटियो।’ कार्कीले भने। बम एक ब्यागभित्र राखिएको थियो। मेडिकल कलेजले फेला परेका बमबारे जिल्ला प्रशासन कार्यालयलाई तुरुन्तै सूचना दिएको थियो।

    बम कसले र कहिले राख्यो भन्नेबारे हालसम्म केही खुल्न सकेको छैन। प्रहरीले यस घटनाको गहिरो अनुसन्धान गरिरहेको जनाएको छ।


    नेपाली सेनाले समयमै बमलाई निष्क्रिय गरेकाले ठूलो दुर्घटनाबाट जोगिन सकिएको छ। यस घटनाले सार्वजनिक स्थलहरूमा सुरक्षा सतर्कता बढाउन आवश्यक रहेको देखाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ