२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सांग्रिला विकास बैंकले साधारणसभा बोलायो, मर्जर र लाभांश प्रस्ताव प्रस्तुत

images

  • २०८१ पुस ७, आइतबार
  • 1.5K
    SHARES
  • सांग्रिला विकास बैंकले साधारणसभा बोलायो, मर्जर र लाभांश प्रस्ताव प्रस्तुत

    काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारणसभा यही पुस २९ गते सोमबार बोलाएको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १०:३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।

    सभाले चुक्ता पूँजीको ३.६५१६ प्रतिशत बोनस शेयर र ०.१९२२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावलाई स्वीकृत गर्नेछ। त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि निर्णय हुनेछ।

    यसका अतिरिक्त, बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभामा छलफल हुनेछ।

    साधारणसभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ