२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टोपबहादुर रायमाझी बुढानीलकण्ठमै पक्राउ

images

सत्कार खबर
  • २०८० वैशाख ३१, आइतबार
  • 1.0K
    SHARES
  • टोपबहादुर रायमाझी  बुढानीलकण्ठमै पक्राउ

    नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार रहेका एमाले  नेता तथा सांसद टोपबहादुर रायमाझी आज पक्राउ परेका छन् ।

    फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


    उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले  वैशाख २० मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन देखी टोपबहादुर रायमाझी फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने वैशाख २० मा नै पक्राउ गरेको थियो ।

    सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण चार दिनदेखि हिरासतमा छन् । सात बिचौलियासहित यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ