काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १७औँ वार्षिक साधारणसभा विराटनगरस्थित बिग होटलमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्तापुँजीको २०% अर्थात् १ अर्ब २३ लाख ८९ हजार रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्यो।
यससँगै सभाले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरू स्वीकृत गरेको छ।
सभाले संस्थापक शेयरधनी समूहबाट रिक्त सञ्चालक पदमा नियुक्ति पारित गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्सलाई पुनः नियुक्त गरेको छ।
कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले सभामा कम्पनीको प्रगति, दीर्घकालीन योजना र नवीन सेवा विस्तारमा प्रतिबद्धता व्यक्त गरे।
सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन्। सूर्यज्योति लाइफले सेवा गुणस्तर सुधार गर्दै ग्राहकहरूको जीवनमा थप सुरक्षा र विश्वास दिलाउने प्रतिबद्धता दोहोर्याएको छ।



