२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनटीसीले सत्रौं वार्षिक साधारणसभा बोलायो, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश प्रस्ताव

images

  • २०८१ पुस ७, आइतबार
  • 1.2K
    SHARES
  • एनटीसीले सत्रौं वार्षिक साधारणसभा बोलायो, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश प्रस्ताव

    काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले पुस २८ गते आइतबार सत्रौं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो।

    सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।

    त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषयमा निर्णय गरिनेछ।

    सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस आधारमा पुस १७ गतेसम्म शेयरधनी कायम भएका लगानीकर्ताहरूले साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ