२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सेतीखोला हाइड्रोपावरद्वारा आईपीओ जारी गर्ने निर्णय

images

  • २०८१ पुस ७, आइतबार
  • 1.2K
    SHARES
  • सेतीखोला हाइड्रोपावरद्वारा आईपीओ जारी गर्ने निर्णय

    काठमाडौं : सेतीखोला हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित आफ्नो नवौं वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ। सभा काठमाडौंको कान्तिपथस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११:३० बजे बस्नेछ।

    कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभामा आईपीओ जारी गर्ने प्रस्ताव पारित गराउने निर्णय गरेको हो। सभाले आईपीओ प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू अनुमोदन गर्नेछ।

    त्यसैगरी, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ। साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको पुनर्गठनसम्बन्धी विशेष प्रस्ताव पनि छलफलका लागि तय गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ