कात्तिक २०, बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकाले भूकम्प प्रभावितका लागि रु ५ लाख २५ हजार आर्थिक सहयोग गर्ने भएको छ। आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट रु ५ लाख २५ हजार दिने निर्णय गरेको हो।
भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५ लाख २५ हजार जम्मा गर्ने निर्णय भएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइले जानकारी दिनुभयो।



