२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

images

  • २०८१ पुस ८, सोमबार
  • 1.6K
    SHARES
  • आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिनेछ।

    हालको अवस्था:

    • कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ।
    • अन्य क्षेत्रको मौसम मुख्यतः सफा छ।
    • तराई र पहाडी भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

    आगामी २४ घण्टा:

    • सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना।
    • कोशी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना।
    • बिहानका समयमा तराई र उपत्यकाका केही स्थानमा हुस्सु/कुहिरो लाग्न सक्ने।

    सतर्कता:

    • दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात र हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध।

    विशेष पूर्वानुमान:

    • मौसमविद् विनोद पोखरेलका अनुसार सोमबार रातिदेखि बुधबार बिहानसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँदे वर्षा हुने सम्भावना छ।
    • यसपटक पहाडी र हिमाली भेगमा राम्रो मात्रामा वर्षा हुने अपेक्षा छ।
    • काठमाडौं र पोखरामा पनि छिटपुट वर्षा हुनसक्छ।
    • अर्को वर्षा प्रणाली शुक्रबारसम्म नेपाल भित्रिने सम्भावना छ, जसले आधा पश्चिम नेपालमा प्रभाव पार्ने अनुमान छ।

    महाशाखाले मौसम परिवर्तनलाई मध्यनजर गर्दै सतर्क रहन सबैलाई सुझाव दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ