२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हिमालयन बैंकको साधारणसभामा नयाँ एफपीओ प्रस्ताव, बुक क्लोज कहिले ?

images

  • २०८१ पुस ८, सोमबार
  • 1.6K
    SHARES
  • हिमालयन बैंकको साधारणसभामा नयाँ एफपीओ प्रस्ताव, बुक क्लोज कहिले ?

    काठमाडौं : हिमालयन बैंक लिमिटेडले आफ्नो बत्तीसौं वार्षिक साधारणसभा यही पुस २९ गते काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान १० बजेका लागि तय गरेको छ। पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो सभा आह्वान गर्ने निर्णय गरेको हो।

    यस साधारणसभामा बैंकले लाभांश सम्बन्धी कुनै प्रस्ताव प्रस्तुत गरेको छैन। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू अनुमोदन गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। साथै स्वतन्त्र सञ्चालकको नियुक्ति र अन्य खर्च स्वीकृत गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरिएको छ।

    सभामा ९२ लाख ५० हजार ४ सय ६९ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) प्रिमियम सहित जारी गर्ने प्रस्ताव प्रमुख आकर्षणको रूपमा रहनेछ। एफपीओ निष्कासनपछि बैंकको जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गरिनेछ।

    बैंकले साधारणसभा प्रयोजनका लागि पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। यस आधारमा पुस १७ गतेसम्म कायम रहेका शेयरधनीहरूले साधारणसभामा भाग लिन सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ