काठमाडौं : सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज पुस ८ गते हो।
कम्पनीले आगामी पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले, आजसम्म शेयरधनी कायम हुने व्यक्तिले मात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन्।
कम्पनीले आफ्नो चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ।
लाभांश सम्बन्धी निर्णय अनुमोदनका लागि पुस २८ गते काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाईटमा बिहान ११ बजे वार्षिक साधारण सभा आयोजना हुँदैछ।



