२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

images

  • २०८१ पुस ८, सोमबार
  • 1.3K
    SHARES
  • हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

    काठमाडौं : हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको आधारमा ५३ करोड ४५ लाख ४ हजार ६ सय ६३ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    घोषित लाभांशमा चुक्ता पूँजीको ५ प्रतिशत (१३ करोड ३६ लाख २६ हजार १ सय ६५ रुपैयाँ) नगद लाभांश र १५ प्रतिशत (४० करोड ८ लाख ७८ हजार ४ सय ९७ रुपैयाँ) बोनस सेयर समावेश छ।

    यसका साथै कम्पनीले चुक्ता पूँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार ३ सय १५ रुपैयाँबाट बढाएर ३ अर्ब ७ करोड ३४ लाख १ हजार ८ सय १२ रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ।

    उक्त लाभांश वितरणका लागि कम्पनीले सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ