२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुपरखुदी र ग्लोबल हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने तयारी

images

  • २०८१ पुस ८, सोमबार
  • 1.4K
    SHARES
  • सुपरखुदी र ग्लोबल हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने तयारी

    काठमाडौँ : नेपालमा पछिल्लो समय सर्वसाधारणलाई लक्षित गर्दै सार्वजनिक निष्कासन (आइपीओ) गर्न चाहने कम्पनीहरूको संख्या बढ्दो क्रममा रहेको छ। यसै सन्दर्भमा, ग्लोबल हाइड्रोपावर एसोसिएटस् र सुपरखुदी हाइड्रोपावरले आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेका छन्।

    ग्लोबल हाइड्रोपावरले पुस २९ गते काठमाडौंको नक्सालस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा दिउँसो १२:३० बजे सभा गर्नेछ। यस्तै, सुपरखुदी हाइड्रोपावरले सोही दिन बिहान ११ बजे डिल्लीबजारस्थित आफ्नो रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्नेछ।

    सभामा दुबै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सानको विवरणलगायतका वित्तीय विवरण प्रस्तुत गर्नुका साथै आइपीओ निष्कासनको प्रस्तावमा छलफल गर्नेछन्।

    आगामी दिनमा आइपीओ निष्कासनले यी कम्पनीहरूलाई लगानी जुटाउन मात्र नभई सर्वसाधारणलाई पनि प्रत्यक्ष लाभ दिने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ