२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वर्णबास म्युजियम होटलले आईपीओ ल्याउने प्रस्तावसहित साधारणसभा बोलायो

images

  • २०८१ पुस ९, मंगलबार
  • 1.1K
    SHARES
  • वर्णबास म्युजियम होटलले आईपीओ ल्याउने प्रस्तावसहित साधारणसभा बोलायो

    काठमाडौं : वर्णबास म्युजियम होटल लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्तावसहित पुस २९ गते पहिलो वार्षिक साधारणसभा आह्वान गरेको छ।

    कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले बालुवाटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।

    सभामा कम्पनीको पूँजी संरचनाअनुसार आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रियामा अगाडि बढ्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ।

    साथै, सभामा सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, अघिल्लो आर्थिक वर्षको वित्तीय प्रतिवेदन पारित गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पनि प्रस्तुत हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ