२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हुम्लामा हिमपात, जनजीवन कष्टकर

images

  • २०८१ पुस ९, मंगलबार
  • 1.5K
    SHARES
  • हुम्लामा हिमपात, जनजीवन कष्टकर

    काठमाडौँ : गएरातिदेखि हुम्ला जिल्लामा व्यापक हिमपात सुरु भएको छ, जसले गर्दा जनजीवन निकै प्रभावित बनेको छ। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार सदरमुकाम सिमकोटमा करिब दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकालगायत उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ।

    हिमपातसँगै चिसो अत्यधिक बढेको छ। चिसोले गर्दा स्थानीय बासिन्दा विशेष गरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरू समस्यामा परेका छन्। साथै हिमपातले आवतजावतमा समेत कठिनाइ उत्पन्न गरेको छ।

    जिल्लाका उत्तरी भेगका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा जनजीवन कष्टकर भएको छ। सदरमुकाम सिमकोटको तापक्रम अहिले माइनस डिग्रीमा पुगेको छ भने जिल्लाको दक्षिणी भेगमा भने वर्षा भइरहेको छ।

    हिमपात र चिसोका कारण स्वास्थ्य जोखिम र हिमपहिरोको सम्भावना रहेको भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले स्थानीयलाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन आग्रह गरेका छन्। हिमपहिरो आउन सक्ने क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ