काठमाडौं : मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो, जसलाई आयुर्वेदले बहुगुणी औषधिको रूपमा व्याख्या गरेको छ। प्राचीनकालदेखि नै औषधीय गुणका कारण मेथीलाई तरकारी र औषधिको रूपमा प्रयोग गरिँदै आएको छ।
मेथीको दाना र साग स्वास्थ्यका लागि अत्यन्तै लाभदायी मानिन्छ। यसमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोलिक एसिडजस्ता मिनरल्स, साथै भिटामिन ए, बी र सी पाइन्छ।
राति भिजाइएको मेथी दाना बिहान खाली पेटमा खाँदा र यसको पानी पिउँदा शरीरका विभिन्न स्वास्थ्य समस्याहरू समाधान गर्न मद्दत गर्छ। यहाँ मेथी खानुका १० फाइदाबारे जानकारी दिइएको छ:
मेथी दाना सेवनको फाइदा
- पाचन प्रणाली सुधार
मेथीमा उच्च फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई बलियो बनाउँदै शरीरमा चाहिनेभन्दा बढी क्यालोरी कम गर्न मद्दत गर्छ। - कब्जियत हटाउने
भिजाइएको मेथी दानाको नियमित सेवनले कब्जियत र पेटका अन्य समस्या टाढा राख्छ। - गर्भधारणमा सहयोगी
मेथी दानाको प्रयोगले प्रजनन प्रणालीलाई बलियो बनाउँछ। - ग्याष्ट्रिक कम गर्छ
मेथी दाना नियमित खाँदा ग्याष्ट्रिक समस्याबाट छुटकारा पाउन सकिन्छ। - रक्तचिनी नियन्त्रण
मेथीमा पाइने सोलुबल फाइबर्सले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ। - हृदयघात रोकथाम
गेलाक्टोमेनन र पोटासियम जस्ता तत्त्वले मुटुको स्वास्थ्यलाई सुधार्छ। - छालाको स्वास्थ्य सुधार
मेथीले छालाका चायाँ, पोतो, डण्डीफोर कम गर्नुका साथै शरीरका टक्सिनहरू हटाउँछ। - कपालको रक्षा
भिजाएको मेथी दाना खाँदा कपाल झर्न र चाँडै सेतो हुनबाट जोगाउँछ। - पाचनसम्बन्धी समस्या समाधान
यसले पाचन प्रक्रिया बलियो बनाउँदै कब्जियत, एसिडिटी र पायल्सबाट राहत दिन्छ। - पिसाब संक्रमण रोकथाम
पिसाब सम्बन्धी समस्याहरू समाधान गर्न मेथी दाना उपयोगी हुन्छ।
मेथीको सागका फाइदा
- वजन नियन्त्रण
मेथीको साग वा यसको चूर्णले बोसोको मात्रा घटाउँछ। - जोर्नी दुखाइ कम गर्छ
मेथीको लड्डु वा सागले जोर्नीको दुखाइबाट राहत दिन्छ। - रक्तचाप नियन्त्रण
प्याजसँग मेथीको साग खाँदा उच्च र न्यून दुवै रक्तचापलाई सन्तुलित राख्न मद्दत गर्छ। - पेटका किराको समाधान
मेथीको पातको रस बालबालिकामा पेटका किरा हटाउन उपयोगी हुन्छ। - पाचन समस्या कम गर्छ
नियमित मेथीको साग खाँदा कब्जियत र ग्यास्ट्रिक जस्ता समस्या कम हुन्छ।
मेथीको दाना र साग दुवै स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छन्। नियमित रूपमा यसको सेवनले शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न मद्दत गर्छ।



