काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ।
बिहानको समयमा मधेस, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली देखिएको छ भने देशका अन्य भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम छ। तराई र उपत्यकाका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।
महाशाखाका अनुसार आगामी २४ घन्टामा देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ। बिहानको समयमा तराई र उपत्यकाका केही स्थानमा हुस्सु/कुहिरो लाग्न सक्छ।
यसले दैनिक जनजीवन, स्वास्थ्य, यातायात र हवाई उड्डयनमा क्षणिक वा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



