२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पुस २१ देखि गार्डियन माइक्रो लाइफले सर्वसाधारणका लागि आईपीओ खुला

images

  • २०८१ पुस १०, बुधबार
  • 1.9K
    SHARES
  • पुस २१ देखि गार्डियन माइक्रो लाइफले सर्वसाधारणका लागि आईपीओ खुला

    काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेको कम्पनीले अब सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो।

    कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्नेछ। यसबाट १८ करोड ४५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    आवेदन दिने अवधि पुस २४ गतेसम्म रहेको छ। तर, पर्याप्त आवेदन नपरेको खण्डमा यो प्रक्रिया माघ १० गतेसम्म लम्बिन सक्छ।

    कम्पनीले आफ्नो कुल ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिएको छ।

    साथै, ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ