२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितलाई १५ लाख सहयोग गर्ने

images

  • २०८० कात्तिक २०, सोमबार
  • 781
    SHARES
  • घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितलाई १५ लाख सहयोग गर्ने

    कात्तिक २०, दाङ : घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ। 

    आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी १ हजार ३ सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो।  

    ५ लाख ७० हजार सहयोग 

    यसैबीच नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितको सहयोगार्थ रु ५ लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो। 

    एमाले संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनुभयो। प्रदेशसभामा एमालेका २७ सदस्य छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ