२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ईसेवाको स्पष्टोक्ति: हाम्रो सिस्टम सुरक्षित छ, अफवाहमा नपर्न आग्रह

images

  • २०८१ पुस १०, बुधबार
  • 1.2K
    SHARES
  • ईसेवाको स्पष्टोक्ति: हाम्रो सिस्टम सुरक्षित छ, अफवाहमा नपर्न आग्रह

    काठमाडौं : डिजिटल वालेट सेवा प्रदायक ईसेवाले आफ्नो सिस्टम असुरक्षित रहेको र रकम चोरी भएको भन्ने भ्रामक समाचारहरूको खण्डन गरेको छ। ईसेवाले यस्ता समाचारहरूको कुनै सत्यता नभएको स्पष्ट पारेको छ।

    कम्पनीले केही अनलाइन समाचार पोर्टलहरूमा आफ्नो प्रणाली ह्याक भएर रकम चोरी भएको दाबी गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ। यस्ता भ्रामक समाचारहरूले प्रयोगकर्तामा अनावश्यक त्रास र अन्योल सिर्जना गरेको भन्दै कम्पनीले सत्यतथ्य बुझ्न सबैलाई आग्रह गरेको छ।

    ईसेवाले आफ्नो १६ वर्षको इतिहासमा सुरक्षालाई सधैं उच्च प्राथमिकता दिएको र यसको प्रणालीमा कुनै कमजोरी नरहेको दाबी गरेको छ। कम्पनीका अनुसार नेपालमा कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले ग्राहक वा व्यापारीहरूको रकम आफ्नो खातामा राख्न कानुनी रूपमा पाउँदैनन्।

    भुक्तानी तथा फर्स्योट ऐन, २०७५ अनुसार, ईसेवाजस्ता डिजिटल वालेटको सम्पूर्ण रकम कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा रहेको सेटलमेन्ट खातामा जम्मा हुने व्यवस्था छ। यस प्रणालीले ग्राहकहरूको रकम सुरक्षित राख्ने र दुरुपयोग वा अनधिकृत पहुँच रोक्ने सुनिश्चित गर्दछ।

    कम्पनीले प्रयोगकर्तालाई यस्ता अफवाहहरूमा विश्वास नगर्न र कुनै पनि समस्या वा शंकाको स्थिति उत्पन्न भएमा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ